सन् २०१९ मा रिलिज भएको दक्षिण भारतीय फिल्म वाइफ अफ राम एउटा नारी सशक्तताको उदाहरणीय फिल्म हो ।
यसको कथा शुरूवातमा त सामान्य नै लाग्छ तर जब क्लाइमेक्समा कथाको पर्दा खुल्छ, हामीले सोचेजस्तो सामान्य कथा बन्दैन ।
कथाअनुसार, एक जना महिला रिसोर्ट छेउमा घुम्न जाँदा उसको श्रीमान् र उसमाथि हमला भएको र हत्या भएको रिपोर्ट लेखिएको हुन्छ । गर्भिणी ती महिलाको पेटको बच्चा पनि खेर जान्छ ।
यसमा दुई वटा कथा समानान्तर रूपमा बढ्छ । यस घटनाको ठीक अगाडि एक जना युवतीको बलात्कारपछि हत्या भएको हुन्छ तर त्यसलाई प्रहरीले दबाउन सफल भएको हुन्छ ।
त्यही घटना दबाउन भूमिका खेल्ने युवाले नै रामको हत्या गरेको र उसकी पत्नीलाई आक्रमण गरेको हुनसक्ने प्रहरीले आशंका गर्छ र खोजी थाल्छ ।
यसबीच प्रहरीले आवश्यक खोजी कार्य नगरेको भन्दै रामकी पत्नीले आफैँ खोजी शुरू गर्छे र जुन निष्कर्ष निस्कन्छ, त्यो निकै रोचक बन्न पुग्छ । कहिलेकाहीँ यस्तो घटना पनि हुन्छ वा यस्तो हिम्मत पनि देखाउँछन् र महिलाले भन्ने प्रश्न नउठ्ने होइन तर फिल्मले यही कुरालाई गम्भीरतम तरिकाले उठाउन भने चुकेको छ ।
यसको अर्थ फिल्म रोचक छैन भन्ने होइन तर क्लाइमेक्स हेरिसकेपछि महिलाले पनि यस्तो हिम्मत केका लागि गरेको होला भन्ने प्रश्न अवश्य उठ्छ ।
अन्तर्राष्ट्रिय नारी दिवस हिजो मात्र सम्पन्न भयो । नारी महिमा धेरै गाइयो तर नारी हिम्मतको यो साँच्चिकै नमुना हो ।
त्यसो त संसारभर नारी हिम्मतका अनेकन् सुन्दर फिल्महरू छन् । तीमध्ये एउटा नो ह्वेयर पनि हो । समुद्रको बीचमा एउटी गर्भिणी स्त्रीले आफ्नो सन्तान कसरी जन्माउँछे, शिशुलाई त्यस्तो ठाउँमा कसरी बचाउँछे भन्नेबारे यो निकै सशक्त फिल्म छ ।
वाइफ अफ राम, त्यो स्तरको थ्रिलर र रोचक फिल्म बन्न नसके पनि एउटा आदर्शको पाटो भने यसको सुन्दर पक्ष हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।