
प्रज्ञा प्रतिष्ठान
गत साता साहित्यपोस्टमा प्रकाशित हाम्रा सहकर्मी राजकुमार बानियाँको लेखले साहित्य क्षेत्रमा निकै ठूलो तरङ्ग ल्याएको छ । (हेर्नुहोस्, मुख्य लेखः एकेडेमीमा रमिता छ | साहित्यपोस्ट (sahityapost.com))
शब्दपथका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानभित्रका अनियमिततामाथि विभिन्न ५० स्रष्टाहरूले बानियाँको सो लेखको समर्थन गर्दै प्रज्ञा प्रतिष्ठानको रवैयाप्रति विरोध प्रकट गरेका छन् । मंसिर २४ मा एक विज्ञप्ति जारी गर्दै प्रज्ञाका निमित्त कुलपति डा. जगमान गुरूङ र निमित्त सदस्य सचिव डा. हेमनाथ पौडेलसहितको कामचलाउ परिषद्ले २०७९ साउन ३० गते त्यस कार्यकालको अन्तिम प्रज्ञासभा सम्पन्न गरिसकेको भए तापनि निहित स्वार्थपूर्तिका लागि आफ्नो अनुकूल, स्वार्थपूर्ण निर्णय गराउनका खातिर पुनः प्रज्ञासभा बोलाइन लागेको र सो प्राज्ञसभामाथि रोक लगाउन विरोधपत्रमा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, संघका महासचिव सोझो गाउँले, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, पूर्व परिषद् सदस्य श्रवण मुकारूङ, लव गाउँले, महेश प्रसाइँ, डा. हेमचन्द्र नेपाल, ज्ञानु अधिकारी, प्रभा बराल, निशा केसी, कृसु क्षेत्री, डा. लक्ष्मणप्रसाद गौतम, किशोर पहाडीले सो विरोधपत्रमा हस्ताक्षर गर्नु भएको शब्दपथ पत्रिकाले जनाएको छ ।
यसैगरी हस्ताक्षर गर्नु हुनेहरूमा धर्मप्रसाद तिवारी, दीपक लोहनी, शंकर भारती, तुलसीहरि कोइराला, रवि प्राञ्जल, मनोज न्यौपाने, डा. शशी थापा पण्डित, नारायण सापकोटा, डा. नारायण चालिसे, विष्णुबहादुर सिंह, दिनेश अधिकारी, सविता विमली, गोविन्द गिरी प्रेरणा, रन्जना निरौला, सुमन वर्षा, मणि लोहनी, जयदेव भट्टराई, यादव भट्टराई, रामकाजी कोने, ठाकुर बेलवासे, भरत भारद्वाज, व्रतराज आचार्य, विनोद दाहाल, सुदर्शन आचार्य, चिरन्जीवी, बाबु त्रिपाठी, विसुकुमार केसी, कुलचन्द्र वाग्ले, प्रोल्लास सिन्धुलीय, रामप्रसाद अधिकारी, केशव पाठक, वसन्त गौतम, विशाल पहाडी र वियोगी बुढाथोकी हुनुहुन्छ ।
हस्ताक्षर गर्न नभ्याउनु भएका वा सामेल नगरिएका कयौं साहित्यकारहरूले पनि सभाको विरोध गर्नु भएको छ । फेसबुकमा प्रतिक्रिया दिँदै प्रगतिशील साहित्यकार इस्माली, मुरारी सिग्देल लगायतका साहित्यकारहरूले विरोध गर्नु भएको थियो । यस्तै नयनराज पाण्डे लगायतका साहित्यकारहरूले पनि चर्को विरोध गर्नु भएको थियो ।
प्रज्ञा–प्रतिष्ठानमा कांग्रेस–कम्युनिस्ट बीच राजनीतिक दाउपेच शुरू | साहित्यपोस्ट (sahityapost.com)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

