नेपाली साहित्यिक तथा सांस्कृतिक समाज क्यानाडाका अध्यक्ष प्रेम देवकोटा नेपाल आउनु भएको समय पारेर ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले अनामनगरस्थित निम्तो रेष्टुरेण्टमा सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गर्यो।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले क्यानाडाका अध्यक्ष देवकोटालाई विदेशमा रहेर नेपाली भाषा, सांस्कृतिलाई माया गर्नु भएकोमा सम्मान गर्दै आगामी दिनमा समेत भाषा र संस्कृतिको उत्थानमा निरन्तर अग्रसर रहनु हुनेछ भन्ने आशा व्यक्त गर्नुहुँदै सम्मान गर्नु भयो।

उक्त अवसरमा कवि राजबाबु श्रेष्ठ सागर, विमला अधिकारी देवकोटा, संगीता ठाकुर, रेणु घिमिरे लगायतले कविता वाचन गर्नुभयो। कविता बारेमा विमर्शसमेत गरिएको उक्त कार्यक्रममा सम्मानित प्रतिभा प्रेम देवकोटाले क्यानाडामा दर्ता भएको उक्त संस्थाले नियमित मासिक रूपमा गीत, संगीत, कविता र हास्यब्यङ्ग विधा लगायतलाई नेपाल, भारत, अमेरिका र क्यानाडाका स्रष्टाहरूमाझ सम्पर्क सूत्रको रूपमा अगाडि बढाइरहेको छ। यसमा नेपालबाट यहाँहरूको सहयोग पाइरहेका छौँ र भविष्यमा पनि अझ राम्ररी अगाडि बढ्दै जानेछौ।’

मंसिर २४ डिसेम्बर १० शनिबार सम्पन्न कार्यक्रममा साहित्य बारेमा राम्रो अन्तक्रियासमेत भएको भयो। कार्यक्रममा अध्यक्ष देवकोटा मंसिर २४ गते नै भ्याकुभर जाने हुनु भएकोले बिदाइ समेत गरियो।