दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको कार्यसमितिको हालै बसेको बैठकले शङ्कर कोइराला स्मृति पुरस्कार २०७९ र कुमार-सरस्वती पुरस्कार २०७९ का लागि पुरस्कृत प्रतिभाहरूको चयन गरेको छ।

प्रतिष्ठानको निर्णयअनुसार शङ्कर कोइराला स्मृति पुरस्कार कथाकार जलेश्वरी श्रेष्ठलाई र कुमार-सरस्वती पुरस्कार समालोचक एवम् भाषावैज्ञानिक प्रा. डा. माधवप्रसाद पोखरेललाई अर्पण गरिने भएको छ।

दुवै पुरस्कारहरू शङ्कर कोइराला जन्मजयन्तीको अवसर पारेर आगामी कार्तिक २६ गते काठमाडौंमा एक समारोहको आयोजना गरी अर्पण गरिने छन्।

दुवै पुरस्कारको राशि जनही २५,०००/- (पच्चीस हजार रुपैयाँ) रहेको छ।