स्रष्टा कमल ज्ञवालीकृत संस्मरणसङ्ग्रह “सत्प्रयास”को विमोचन सम्पन्न भएको छ । दायित्व वाङ्मय प्रतिष्ठानको आयोजनामा एक समारोहका बिच टेक्सास इन्टनेशनल कलेज मित्रपार्कमा पुस्तकको लोकार्पण गरिएको हो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यिक, पत्रकार तथा लेखक रोचक घिमिरे, मञ्चासिन अतिथिहरू तथा लेखकले सामूहिक रुपमा कृतिको विमोचन गरेका हुन् ।
समारोहमा समीक्षक कृष्ण प्रधानले पुस्तकबारे संक्षिप्त समीक्षा गरेका थिए भने ठाकुर शर्मा भण्डारीले कवितात्मक संक्षिप्त समीक्षा गरेका थिए ।
कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, सूर्यबहादुर सेन, भागवत् ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रम यादव भट्टराईले सञ्चालन गरेका थिए ।
कृति दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










