वरिष्ठ साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण ‘टुप्लुक्क टोकियो’काे विमोचन गरिएको छ । साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित एक कार्यक्रमका बिच काठमाडौँमा पुस्तकको विमोचन गरिएको हो ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नियात्राकार प्रतीक ढकालले साहित्यकार गिरीको लामो लेखन सक्रियता लोभलाग्दो भएको बताए । गिरी हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएकोसमेत उनले जिकिर गरे ।
त्यस्तै, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यकार गिरी नेपाली साहित्यका लागि उदाहरणीय व्यक्ति भएको उल्लेख गरे । उनले साहित्यकार गिरीले लेखन आफ्ना लागि नशाजस्तै भएको बताए ।
कार्यक्रममा अमेरिका निवासी कवि वसन्त श्रेष्ठ र जापान निवासी पुष्करजंग थापालाई सम्मान समेत गरिएको थियो । बीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको यात्रा संस्करणको मूल्य २५० रुपियाँ रहेकाे छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।