नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
नइ प्रकाशनले सुश्री सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । त्यसै गरी साहित्यतर्फ श्री सुविन रिमाल, चित्रकलातर्फ श्री देभान्स अग्रवाल, सङ्गीततर्फ सुश्री सफलता श्रेष्ठ, नृत्यतर्फ सुश्री अदिति उपाध्याय र खेलकुदतर्फ श्री ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।
यी सबै पुरस्कार ताम्रपत्रका साथ जनही दस हजार रुपियाँ राशिका हुनेछन् ।
नइ प्रकाशनले दz वर्ष ननाघेका श्री समीर डङ्गोललाई सङ्गीत र सुश्री युकी कुँवरलाई नृत्यतर्फको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ समर्पण गर्ने भएको छ ।
ताम्रपत्रसहितको यी दुवै पुरस्कारमा जनही सात हजार रुपियाँ राशि रहेका छन् ।
त्यसै गरी  पाँच वर्षीय सुश्री दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ ।