नइ प्रकाशनले ख्यातिप्राप्त दश सर्जकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

अध्यात्म दर्शन, धर्मसंस्कृति, भाषासाहित्य, स्वास्थ्य विज्ञान, राष्ट्रिय स्वाधीनता ,सञ्चार जागरण, बालसाहित्यको क्षेत्रमा योगदान पुर्याए बापत सर्जकहरूलाइ विभिन्न विधामा सम्मान गर्न लागिएको हो ।

प्रा.चेतोनाथ शर्मा आचार्यलाई ‘नइ चन्द्रधन पुरस्कार’, संस्कृति शिरोमणि श्री हरिराम जोशीलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, प्रा.गोपीकृष्ण शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, प्रा.डा.मोहन लोहनीलाई ‘नइ कीर्तिनिधि पुरस्कार’ न्युरो सर्जन डा.वसन्त पन्तलाई ‘नइ भावि पुरस्कार’, श्री कमल प्रधान तथा श्री ध्रुव थापालाई ‘नइ भाजप पुरस्कार’, रञ्जुश्री पराजुलीलाई ‘नइ रेखा पुरस्कार’, शान्तिनारायण श्रेष्ठलाई ‘नइ धनरूप पुरस्कार’ त्यसै गरी राधिका गुरागाईँलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गरिने भएको छ ।

सबै पुरस्कारको राशि जनही एक एक लाख रुपियाँ रहेको छ ।

नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।