काठमाडौं । नइ प्रकाशनले ३ वर्षदेखि १५ वर्षसम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

‘नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर रहनुभएको छ । ताम्रपत्रसहित पुरस्कारको राशि जनही दश हजार रूपियाँ रहेको छ ।

यसैगरी, ‘नइ कोपिला पुरस्कार’ गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारको राशि जनही सात हजार रूपियाँ रहेको छ ।

ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको ‘नइ चिचिला पुरस्कार’ तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिने भएको छ ।