काठमाडौं । नइ प्रकाशनले २०८० सालको बाह्र कक्षाको परीक्षामा बाजुरा जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री विपनाकुमारी बूढा र हुम्ला जिल्लाका सर्वोत्कृष्ट छात्रा सुश्री नन्दादेवी रोकायलाई जनही तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
मालिका माध्यमिक विद्यालयकी छात्रा बूढालाई ३.२१ जिपिए प्राप्त भएको थियो भने सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जिपिए प्राप्त भएको थियो ।
‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा.कपिलदेव उपाध्यायका सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो ।
नइ प्रकाशनले नेपालका विभन्न दुर्गम भूभागका सरकारी विद्यालयबाट बाह्र कक्षामा सर्वोत्कृष्ट हुने एकएक जना छात्रालाई हरेक वर्ष जनही तीस हजार रुपियाँ राशिसहित विद्यापदकले पुरस्कृत गर्दै आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।