काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कवि वैरागी काइँला, प्रा.डा. वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैङ्कका सञ्चालक चिन्तामणि शिवाकोटीले नइ प्रकाशनको रजत महोत्सवका अवसरमा सो बैङ्कबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका छन् ।

राष्ट्र बैङ्कबाट १०० रुपैयाँको सिक्का र हुलाक सेवा विभागबाट १० रुपैयाँको सो हुलाक टिकट प्रकाशनमा आएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी गराएका छन् ।

राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाममा धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर भएको प्रकाशनले जनाएको छ ।