
डा. रवीन्द्र समीर
साहित्य सन्ध्या नेपालले हिंजो २०७६ को साहित्य सन्ध्या पुरस्कार साहित्यकार डा. रवीन्द्र समीरलाई दिने निर्णय गरेको छ ।
लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई फाल्गुण १५ गते हुने समारोहमा १५,००० नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ ।
संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा उक्त पुरस्कार अर्पण गरिनेछ ।
डा. रवीन्द्र समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










