काठमाडौं । पारिजात स्मृति केन्द्रले ‘पारिजात सम्मान २०८२’ बाट सम्मानित हुने प्रतिभाहरूको नाम घोषणा गरेको छ।
साहित्यकार पारिजातको ९२औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘पारिजात जन्मजयन्ती’ कार्यक्रममा सम्मानित हुनेहरूको नाम सार्वजनिक गरिएको केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगामी वैशाख ५ गते पारिजातको स्मृति दिवसका अवसरमा सम्मान प्रदान गरिनेछ।
घोषित सम्मानअनुसार ‘पारिजात बालसाहित्य सम्मान २०८२’ बाट बालसाहित्यकार रामबाबु सुवेदी, ‘पारिजात कला सम्मान २०८२’ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल, ‘पारिजात सृजन सम्मान २०८२’ बाट नवीन विभास तथा ‘पारिजात सङ्घर्षशील महिला सम्मान २०८२’ बाट देवी खड्का सम्मानित हुनुहुने भएकाे छ ।
वि.सं. १९९० फागुन ३० गते जन्मिनुभएकाे पारिजातको जन्मदिनलाई केन्द्रले प्रत्येक वर्ष ‘पारिजात जन्मजयन्ती’का रूपमा मनाउँदै आएको छ। यस अवसरमा केन्द्रले नियमित रूपमा ‘पारिजात परिसंवाद’ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। यस वर्ष भने ‘प्रा.डा. वासुदेव त्रिपाठीसँग महेश मास्के पारिजात परिसंवाद’ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न साहित्यकार, विद्यार्थी तथा सर्जकहरूको उपस्थिति रहेको थियो।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










