‘माधव वियाेगी साहित्य पुरस्कार २०८०’ सुप्रसिद्ध कवि रामबाबु सुवेदीलाई प्रदान गरिएकाे छ । माधव वियाेगी वाङ्मय प्रतिष्ठान नेपालले प्रदान गर्दै आएकाे यो पुरस्कारबाट एक समरोहका बिच सुवेदीलाई पुरस्कृत गरिएको हाे ।

सो कार्यक्रममा पुरस्कार राशि पच्चीस हजार रुपियाँसाहित सम्मानपत्र, दाेसल्ला र फूलमालाले सुवेदीलाई सम्मान गरिएकाे छ ।

कार्यक्रम गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बाेल्दै गुरुङले भने, “जनस्तरबाटै माधव वियाेगी वाङ्मय प्रतिष्ठान खुल्नु र प्रतिष्ठानले माधव वियाेगी साहित्य पुरस्कार स्थापना गर्नु आफैँमा उल्लेखनीय कार्य हाे । यस प्रतिष्ठानले अघि बढाएका गतिविधि काव्यसंस्कृतिकाे विकासमा रहेकाे सुखद पक्ष हाे ।”

कार्यक्रममा बाेल्दै विशेष अतिथि डा. पुष्पा के.सी भण्डारीले भनिन्, “सिर्जना कर्मीकाे आराधना गर्नु सभ्यताको पूजा गर्नु जस्तै हाे । त्यसैले छन्द र साहित्यकाे उन्नयनमा लाग्नुहुने सबै प्रति मेराे हार्दिक बन्दना छ । यहाँहरूले राज्यले गर्नुपर्ने काम गर्नुभएको छ ।”

यसैगरी कार्यक्रममा बाेल्दै छन्दनायक माधव वियाेगीले भने, “पाेखराकाे छाेरेपाटनमा रहेकाे छन्द निवासमा अब नियमित छन्द प्रशिक्षण मात्र नभई छन्दकाे नियमित वाचन श्रृङ्खला पनि हुनेछ ।”

सम्मानित स्रष्टा रामबाबु सुवेदीले भने, “म भत्किएका प्राैढहरुकाे भन्दा भाेलिकाे देश निर्माण गर्ने कलिला बालबालिकाका बारेमा बाल कविता लेख्नुपर्छ भन्ने ठान्छु ।”

कार्यक्रममा बेलघारी टाेल विकास संस्थाका सल्लाहकार संयाेजक झपिन्द्र रेग्मी, संस्कृत क्याम्पसका प्रमुख डा. जगन्नाथ रेग्मी, डेभिडफल युवा सञ्जालका महासचिव दीपक सुवेदीलगायतले बाेलेका थिए ।

सो अवसरमा आर्या त्रिपाठी, राेशन तिम्सिना, निकेश गिरी, रुद्रबहादुर थापा, देवेन्द्र के.सी, रमा खतिवडा, शालिग्राम आचार्य, शिव त्रिपाठी, छन्दिका त्रिपाठीलगायतले रचना वाचन गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष नवराज बरालकाे अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका प्रमुख संरक्षक सरिता घिमिरेले स्वागत तथा सञ्चालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।