काठमाडौं । नइ एकेडेमीले चार जना अमर प्राज्ञलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
एकेडेमीले समालोचक वासुदेव त्रिपाठी, शिवगोपाल रिसाल, चूडामणि बन्धु र दयाराम श्रेष्ठलाई जनही ५० हजार रुपैयाँ राशिसहित उक्त पुरस्कारबाट विभूषित गर्ने जनाएको हो।
त्रिभुवन विश्वविद्यालयमा पठनपाठन, अनुसन्धान तथा सिर्जनाका माध्यमबाट नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा ऐतिहासिक तथा कालजयी योगदान पुर्याएबापत उहाँहरूलाई सम्मान गर्न लागिएको एकेडेमीले जनाएको छ। साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा समेत उहाँहरूको विशिष्ट भूमिका रहेको उल्लेख गरिएको छ।
समालोचक प्रा. वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा नइ एकेडेमीले २०८२ साल चैत २७, २८ र २९ गते ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने तयारी गरेको छ। सोही अवसरमा चारै जना प्राज्ञलाई पुरस्कार समर्पण गरिनेछ।
नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










