काठमाडौं । ख्यातिप्राप्त समाजसेवी तथा श्री ५ को सरकारका सचिव र अञ्चलाधीश रामनारायण श्रेष्ठका छोरा डा. कुशनारायण श्रेष्ठ तथा प्रख्यात साहित्यकार विजय मल्लकी छोरी डा. उमा श्रेष्ठले नइ एकेडेमीलाई पाँच लाख रुपैयाँ प्रदान गर्नुभएको छ।
नइ एकेडेमीले श्रेष्ठ दम्पतीबाट प्राप्त उक्त रकम साहित्यकार विजय मल्लको शताब्दी महोत्सवका कार्यक्रम सञ्चालनमा खर्च गर्ने निर्णय गरेको जनाएको छ।
प्राज्ञिक दम्पतीको यस योगदानप्रति नइ एकेडेमीले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८२ चैत्र २० ०३:३६
३० जेष्ठ २०८३, शनिबार 









