लेखक डा. तुलसी आचार्यको उपन्यास ‘स्वप्नभूमि’लाई एक हजार अमेरिकी डलर राशिको ‘होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार’ प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले २०२५ का लागि विभिन्न विधामा प्रदान गरिने अनेसास साहित्य पुरस्कारमध्ये ‘होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार’आचार्यको ‘स्वप्नभूमि’लाई प्रदान गर्ने घोषणा गरेको हो ।
अनेसासको वार्षिक साधारण सभा, भानु जयन्ती र अनेसास सर्वोत्कृष्ट पुरस्कार घोषणा गरी तीन चरणको भएको कार्यक्रम अनेसास केन्द्रको अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा भएको थियो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 










