भरतपुर । चितवनको प्रतिष्ठित साहित्यिक संस्था चितवन साहित्य परिषद्को अध्यक्षमा जगन्नाथ पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न संस्थाको १३ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
पण्डितको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा गणेश श्रमण, सचिवमा नवराज ढुंगाना, कोषाध्यक्षमा पदम अर्याल र सहसचिवमा कमल कँडेल प्रकृति रहनुभएको छ । यसैगरी, सदस्यहरूमा बालकृष्ण थपलिया, शान्ति शर्मा, सरला जोशी, पूर्णप्रसाद अधिकारी र रामकृष्ण अनायास चयन हुनुभएको छ ।
निर्वाचनमा कुनै प्रतिस्पर्धा नभई पण्डित निर्विरोध निर्वाचित हुनुले उहाँप्रति साहित्यकारहरूको विश्वास र भरोसा झल्काएको छ । नवनिर्वाचित कार्यसमितिलाई साहित्यिक क्षेत्रको विकास र परिषद्को गतिविधिहरूलाई थप प्रभावकारी बनाउने चुनौती छ । आगामी कार्यकालमा परिषद्ले साहित्यिक सिर्जना, प्रकाशन तथा साहित्यिक गतिविधिहरूलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो कार्यकालमा साहित्यको प्रवर्धन र परिषद्को विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 








