ललितपुर । गजलकार जुमन किरणको नवीनतम गजलकृति ‘मौन आवाज’ को ललितपुरमा परिचर्चा गरिएको छ। गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा समीक्षा तथा गजल वाचन गरिएको थियो।
कार्यक्रममा प्रा.डा. नारायण गैरेले कृतिमाथि समीक्षात्मक धारणा राख्दै जुमन किरणको शब्दभण्डारको प्रशंसा गर्नुभएको थियो। उहाँले भन्नुभयो, “काफियाहरू पुनरावृत्ति भएका छैनन्। विषयगत विविधताका सन्दर्भहरू जोडिएर गजल आएका देखिन्छन्। भोगाइ, अनुभव र अनभूतिहरू गजलमा सशक्त रूपमा प्रस्तुत भएका छन्। लय र छपाइगत केही त्रुटिहरू भएतापनि समग्रमा कृति सराहनीय छ।”
‘मौन आवाज’ का विभिन्न गजलहरू कार्यक्रममा वाचन गरिएका थिए जसले श्रोताहरूलाई मोहित तुल्याएको थियो। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य त्रैलोक्यमान बनेपाली, प्राज्ञ सभा सदस्य चेतनाथ धमला, प्राज्ञ सभा सदस्य पञ्चकुमारी परियार, कथाकार धुव्र मधुकर्मी लगायतको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
श्रीराम पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गजलकार जुमन किरणले आभार व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । विनोद खत्री आकाशले स्वागत मन्तव्य राख्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 









