
साहित्यकार सुरज उपाध्यायको चौथो कृति ‘बाबा कतारमा, आमा हतारमा’ बजारमा आएको छ ।
सुरज बालमनोविज्ञानलाई नयाँ बिम्ब, प्रतीकमार्फत् अभिव्यक्त गर्न खप्पिस हुनुहुन्छ। विचारमार्फत् चेतना भर्ने उहाँले सत्ता परिवर्तन, विद्रोह र चेतनाका लागि लेखनमार्फत् आवाज उठाउँदै आउनुभएको छ ।
कविले बालबालिकाको मनोविज्ञान र अहिलेको परिवेशलाई कवितामा उतार्न खोजेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ”कविता संग्रहमा बालबालिकाको मनोविज्ञानलाई सम्मान गरिएको छ । बालबालिकालाई मनोरञ्जन, ज्ञान त दिनैपर्छ, सँगसँगै अहिलेको परिवेश, समाज पनि सिकाउनुपर्छ भन्ने कुरा मनन गरी लेखिएका कविता यस सङ्ग्रहभित्र छन् ।”
यसअघि उपाध्यायका गजल संग्रह ‘तिम्रो मन फर्किएन’ गजल संग्रह (२०६०) र दुई बालकविता सङ्ग्रह ‘चील उड्यो आकाशमा’ (२०७१) र ‘साइकल’ (२०७९) प्रकाशित छन् ।
बेला प्रकाशनले बजारमा ल्याएको कविता सङ्ग्रहमा २८ कविता छन् । कृतिको मूल्य २ सय ५० रुपैयाँ छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

