दु:ख सबै यतै राख्छु, खुसी सबै पठाइदिउँला
फूलैफूलमा रम्नु तिमी, काँडा सबै हटाइदिउँला

बिस्तार बिस्तार अगि बढ्नु
सफलताको शिखर चढ्नु
निधारमा बगेको यो
पसिनाको मूल्य पढ्नु
दरौँदीको चिसो पानी, मर्स्याङ्दीमा मिसाइदिउँला
फूलैफूलमा रम्नु तिमी, काँडा सबै हटाइदिउँला

हात दिन्छु समाउन
नाम तिम्रो कमाउन
सुखदुःख रीत नै हो
जान्नु पर्छ रमाउन
मर्दी हिमाल हसाइदिउँला, माछापुच्छ्रे नचाइदिउँला
फूलैफूलमा रम्नु तिमी, काँडा सबै हटाइदिउँला ।