
सुरज उपाध्याय
खै कहिले आउला यो मेरो देशमा सुनौलो बिहान
पेटभरि खान आङ ढाक्न पुगे को जान्छ मुग्लान ।
संस्कृति हाम्रो लाउरे हुने, परदेशमै रमाउने
साँझ र बिहान हातमुख जोर्न दुई पैसा कमाउने
सुन्दैन सरकार कसैको बोली बहिरो नै छ कान
पेटभरि खान आङ ढाक्न पुगे को जान्छ मुग्लान।
बुझाउँछु मन बुझाउनै पऱ्यो इतिहास हेरेर
बिर्सेको छैन आएको चिठी धागाले बेरेर
कुन देशमा छैन भनिदेऊ मलाई नेपाली चिहान
पेटभरी खान आङ ढाक्न पुगे को जान्छ मुग्लान ।
पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 








