साहित्यकार राजकुमार श्रेष्ठको पहिलो कृतिका रूपमा प्रकाशनमा आएको उपन्यास हो, ‘रोयल चारघरे’ । उपन्यासले नेपाली समाजको सुदूरपश्चिम र कर्णालीको रोदन, रोग, शोक र विभेदका साथै नेपाली युवाले भविष्य खोज्न विदेश जानुपर्ने भयावह अवस्थाको चित्रण गरेको छ ।
‘समग्रमा उपन्यास पढ्दा उनका बुबाप्रति घृणा उत्पन्न हुन्छ । उनी आफ्नो कर्तव्यदेखि विमुख भएको देखिन्छ ।’, भूमिकामा डा. रामकृष्ण आचार्य लेख्छन्, ‘छोराछोरीमाथि अन्याय गरेका छन् । उनको मूर्खताले घर ध्वस्त र परिवार तहसनहस भएको छ । बुबाले ध्वस्त बनाएको घर सम्हालेर बस्ने आमाप्रति सहानुभूति जाग्छ । माया लाग्छ । कठीन परिस्थितिमा पनि बालबच्चालाई पालनपोषण गरी कुशल अभिभावकको भूमिका निर्वाह गरेको देख्दा उच्च सम्मान गर्न मन लाग्छ ।’
त्यस्तै, जमुना कुँवर लेख्छिन्, ‘उपन्यासमा नेपाली समाजमा हुने वर्गीय विभेद, जातीय विभेद, आर्थिक असमानताका कुरा मात्रै देखिंदैन, बेरोजगारीको समस्या र वैदेशिक रोजगारिमा गएका परिवारको पीडालाई पनि पढ्न पाइन्छ । अभिभावकले अभिभावकत्व ग्रहण नगरिदिंदा एउटा परिवारको अन्य सदस्यलाई कति धेरै पीडा र संघर्षले घेर्छ भन्ने कुरा देखाएको छ ।’
पुस्तकलाई जन विहानी राष्ट्रिय मासिकले प्रकाशनमा ल्याएको हो । २ सय १२ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ५ सय रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










