साहित्यकार तथा समालाेचक बद्रीप्रसाद ढकालले विद्यावारिधिका लागि एक लाख रूपैयाँकाे विद्यावृत्ति प्राप्त गरेका छन् । दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानले ढकाललाई उक्त विद्यावृत्ति प्रदान गरेकाे हो ।
प्रतिष्ठानकाे बैठकले साे निर्णय गरेकाे प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले जानकारी गराउनुभयाे ।
नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरिरहनुभएका ढकालकाे बाैद्धिक तथा प्राज्ञिक उन्नयनका लागि साे विद्यावृत्ति प्रदान गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
प्रतिष्ठानद्वार सम्प्रेषित विज्ञप्तिमा साहित्यकार ढकाललाई बधाई दिँदै बाैद्धिक उन्नयनका लागि शुभकामना व्यक्त गरिएकाे छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 










