हाम्रो लघुकथा केन्द्र, नेपालको आयोजनामा एक साथ दुई लघुकथासङ्ग्रह विमोचित भएका छन् । इन्दिरा चापागाईँको ‘अन्त्यहीन परिधि’ र रुद्र अधिकारी ‘निदोर्षी’काे ‘दृष्टि’ गरी दुई लघुकथासङ्ग्रह एक साथ विमोचन गरिएकाे हाे ।
रोयल ब्याङ्क्वेट तीनकुनेमा आयोजित एक कार्यक्रमका बिच वरिष्ठ साहित्यकार मोहनबहादुर कायस्थको प्रमुख आतिथ्यमा दुई लघुकथाकृतिकाे विमोचन सम्पन्न भएकाे हाे ।
केन्द्रका उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठको सभपतित्व रहेकाे कार्यक्रममा प्रमुख अतिथिका साथै वरिष्ठ लघुकथाकार डा. हरिप्रसाद भण्डारी, सिर्जना अभियान समाजका अध्यक्ष ध्रुव मधिकर्मी, सर्जक इन्दिरा चापागाईं र चापागाईँका गुरु लक्ष्मीप्रसाद दाहालले संयुक्त रूपमा दुई कृतिको विमोचन गरेका थिए ।
उक्त अवसरमा मनीषकुमार शर्मा ‘समित’द्वारा स्वागत मन्तव्य राखेका थिए भने विशिष्ट अतिथि डा. हरिप्रसाद भण्डारी, साहित्यकार ध्रुव मधिकर्मी तथा प्रमुख अतिथि मोहनबहादुर कायस्थले लघुकथाको मानक सिद्धान्त हुनुपर्ने कुरामाा जोड दिँदै कृतिका सर्जकहरूलाई कृति सफलताको शुभकामना व्यक्त गरेका थिए।
मन्दिरा चापागाईंले सञ्चालन गरेको कार्यक्रममा शेखर अर्याल, ज्ञाननिष्ठ ज्ञवाली, मन्दिरा मधुश्री, धीरकुमार श्रेष्ठ, निर्मला बराल, रामकुमार पण्डित, विनोद नेपाल यमुना प्रधानाङ्ग, ममता मृदुललगायत सयौँ साहित्यकार एवम् साहित्यानुरागीहरूको उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२८ जेष्ठ २०८३, बिहीबार 









