हरिवन / सर्लाहीको हरिवनमा ‘हाम्रो प्रतिबद्धता : विचार अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रता’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको छ ।
नेपाली लेखक सङ्घ सर्लाही शाखाको आयोजनामा हरिवन – ११, स्थित सगुन वचत तथा ऋण सहकारी संस्थाको सभाहलमा नेपाली लेखक सङ्घ सर्लाही शाखाले शनिबार मुक्तक, कविता तथा गजल वाचन गरेर प्रथम राष्ट्रिय लेखक दिवस २०८० मनाइएको हाे ।
दिवसको अवसरमा मुक्तककार हरिकृष्ण काफ्ले, छन्द कवि कुमार दाहाल ‘कुसुम´, गजलकार सुमित्रा आचार्य, गद्यकवि सुमन घिमिरे ‘अग्रिम’, गजलकार विवश पौडेल, गजलकार कवि सुवेदी ‘कञ्जुश’ मुक्तककार रामनारायण चौधरी, मीना देवकोटा, प्रेम घिमिरे, हरि पङ्गेनी, जीवन आचार्य, तेजनारायण आलेलगायतका साहित्यकारहरूले मुक्तक, कविता तथा गजल वाचन गर्नुभएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला