प्रथम राष्ट्रिय लेखक दिवसको सन्दर्भमा नेपाली लेखक संघ, स्याङ्जाको आयोजनामा “लेखकीय सत्ताको सामर्थ्य” विषयक अन्तरक्रियासँगै सिर्जना वाचन समारोह – २०८० वैशाख १६ गते शनिबारका दिन आज वालिङ नगरपालिका – ६, मिर्दीस्थित नेचुरल भ्यु प्वाइन्ट रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।
नेपाली लेखक संघ, स्याङ्जाका अध्यक्ष मिलन समीरको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार देवीप्रसाद वनवासीद्वारा व्यानरमा उल्लेख गरिएको विवरण वाचन गरेर कार्यक्रमको समुदघाटन गरिएको थियो ।
कार्यक्रमको शुरूवातमा ज्ञात / अज्ञात वीर शहीदहरुको सम्झना र सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
विशिष्ट आमन्त्रित व्यक्तित्व राष्ट्रिय सभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मी, वरिष्ठ साहित्यकार श्री त्रिलोचन ढकाल, वरिष्ठ साहित्यकार डा. अच्युतशरण अर्याल, ज्याग्दिखोला साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार देवेन्द्र लम्साल, नेपाली लेखक संघ, स्याङ्जाका पूर्व अध्यक्ष कुमार राना, जीवलाल काफ्ले, प्रजातान्त्रिक विचार समाज, स्याङ्जाका अध्यक्ष युक्तबहादुर बोगटी, वरिष्ठ साहित्यकार ध्रुवप्रसाद शर्मा पङ्गेनी, प्रगतिशील लेखक संघ, स्याङ्जाका उपाध्यक्ष वरिष्ठ साहित्यकार अनन्त अर्याल, युवाकवि शम्भु अर्याल, दीपक लम्साल र नेपाल शिक्षक संघ, स्याङ्जाका अध्यक्ष पशुपति पौडेलद्वारा “लेखकीय सत्ताको सामर्थ्य”को बारेमा आफ्नो गहन सारगर्भित विचार व्यक्त गरिएको उक्त समारोहमा नेपाली लेखक संघ, स्याङ्जाका उपाध्यक्ष युवाकवि युवराज सुवेदीद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको थियोे ।
समारोहमा आमन्त्रित व्यक्तित्व वरिष्ठ साहित्यकार लेखनाथ काफ्ले, वरिष्ठ साहित्यकार नारायणप्रसाद रेग्मी, सीताराम अधिकारी, श्रीकान्त खनाल, चण्डिकाप्रसाद भट्टराई, दमकला बगाले, रामचन्द्र भट्टराई, श्री गोपाल जी.टी., देवराज गैह्रे, गोपालप्रसाद अधिकारी, कमला अधिकारी सिग्देल, कमलप्रसाद बगाले, राजेश सुवेदी, श्यामप्रसाद ढुंगाना, विष्णुकुमार श्रेष्ठ, जी.बी. राना, दर्शन पाठक, राजकुमार उपाध्याय, श्री दुर्गा सारु, मालारानी थापा क्षेत्री, सिजन अर्याल, स्मारिका अर्याल, सिम्रन खड्का, सन्चिता सुवेदी र एलिना पौडेल लगायतका महानुभावहरुद्वारा आफ्ना उत्कृष्ट रचनाहरू वाचन गरिएको थियो।
उक्त समारोहको सहजीकरण नेपाली लेखक संघ, स्याङ्जाका सचिव श्री युवराज पौडेलद्वारा गरिएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।