
सुरज उपाध्याय
भुले छैन वर्षौंसम्म नदेखेरै पनि
कति सारो माया लाउँछ नभेटेरै पनि।
याद आउँदा मनभरि हुन्छ कस्तो कस्तो
कति चोखो माया थियो बेगनाश रुपा जस्तो
थुन्से किन्ने बहानामा ढुंगेसाउको मेला
डुल्न घुम्न पाए पुग्ने त्यस्तो थियो बेला ।
कति मीठो गीत थियो नलेखेरै पनि
भुले छैन वर्षौंसम्म नदेखेरै पनि।
भेट हुने मेसो मिल्थ्यो पानी पँधेरीमा
हात माथि हात हुन्थ्यो हिँड्दा अँधेरीमा
बनाइदियो बेग्लाबेग्लै आइदियो हुरी
आँखाभरि तस्बिर थियो थियौ मनैभरि ।
यौटा प्रेमको कथा थियो नलेखेरै पनि
भुले छैन वर्षौंसम्म नदेखेरै पनि ।
पोखरा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
