केटा : सानी हाँसेको, सानी हाँसेको
केटी : यै हाँसोमा हो माया बाँचेको ।
केटा : छौ नि मुटुमा, हेर्न सक्छौ र ?
केटी : मारी अँगालो, बेर्न सक्छौ र ?
दुवै : कर्म गरौँला हजुर कर्म गरौँला
दुवै मिली पिरतीको पाथी भरौँला ।
केटा : तिम्रै प्रगति, देख्न चाहन्छु
केटी : जप्दै तिम्रो नाम, लेख्न चाहन्छु ।
केटा : दुःखै गरेर, गर्जो टारौँला
केटी : गर्दै सङ्घर्ष, माया बाँडौँला ।
दुवै : कर्म गरौँला हजुर कर्म गरौँला
दुवै मिली पिरतीको पाथी भरौँला ।
केटा : जोडी बनेर, अघि बढ्ने हो
केटी : हात समाउँदै, शिखर चढ्ने हो ।
केटा : ओहो ! भनेर, भनुन् सबैले
केटी : पहिलो नम्बरमा, गनुन् सबैले ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










