बाबाको हात समाएर हिँडेको याद आएको छ
देश, समाज, परिवेश चिनेको याद आएको छ ।
बाबाभन्दा ज्ञानी अरू कोही छैन जस्तो लाग्थ्यो
बाबासँगै हुँदाखेरि डर जति सबै भाग्थ्यो ।
बाबासँगै नाना-चाचा किनेको याद आएको छ
बाबाको हात समाएर हिँडेको याद आएको छ ।
लानुहुन्थ्यो बजारमा काँधमा बोक्दै खोला तारी
बाबासँगै डुल्ने गर्थेँ पारी बजार खड्केटारी ।
बाबासँग हुँदा सबथोक जितेको याद आएको छ
बाबाको हात समाएर हिँडेको याद आएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० जेष्ठ २०८३, शनिबार 










