परिवारको माया बोकी उडेँ आकाशमा
लाग्छ अब फर्की आउँदा हुन्छु बाकसमा ।

परदेशमा रोग भोकले सताउँदा पनि
घरको दुःख सन्तानको भविष्यलाई भनी

उता आमा बोल्दाबोल्दै भकानिँदै रुन्छिन्
पियारीको बोली बस्छ मूर्तिजस्तै हुन्छिन् ।

छोराछोरी सम्झी बस्दा मुटु दुखी दिन्छ
खुसी दिन नसक्दाको पीडा बल्झी दिन्छ

महामारी बढेको छ बाँच्न पाउँदिन
माफ गर लालाबाला भेट्न आउँदिन ।

परिवारको माया बोकी उडेँ आकाशमा
लाग्छ अब फर्की आउँदा हुन्छु बाकसमा ।