साहित्यपोष्टमा प्रकाशित कवि भोजराज न्यौपानेको कविता ‘सिंहदरवारको रङ’ पढेर अष्ट्रेलियाका युवा व्यवसायी रामजी बस्नेतले कविताका पात्र वीरवहादुर सुनुवारलाई पचास हजार रुपयाँ सहयोग गरेका छन् ।
केहीदिन अघि कान्तिपुरमा प्रकाशित समाचारबाट प्रभावित भएर न्यौपानेले वीरवहादुर सुनुवारको विषयमा कविता लेखेका थिए ।
‘मैंले कविताको लिंक पठाएको थिएँ ’ न्यौपानेले भने— रामजीले मलाई भित्रैदेखि टच गर्याे, सहयोग गर्छु भनेर पचास हजार पठाइदिए ।
दोलखाका पुराना नेता वीरवहादुर सुनुवार केही दिन अघि सिंहदरवार पुगेका थिए । एकपटक मन्त्री प्रधानमन्त्रीसंग भेट्न मन लागेर मन्त्रालय पुगेका उनलाई पत्रकार सुरज कुँवरले सिंहदरवार परिसरमा भेटे । कुराकानी गर्दा थाहा भयो , ९० वर्षका वीरवहादुर आर्थिक सहायता माग्न वा अरु कुनै कारणले सिंहदरवार धाएका थिएनन । ७७ बर्षे पत्नीको उपचार गर्न आफैं रङ लगाउने काम गर्न चाहन्थे ।
पत्रिकामा समाचार पढेपछि भोजराजको कवि मन भत्कियो । उनले वीरवहादुरकै नाममा कविता लेखे — सिंहदरवारको रङ ।
साहित्यपोष्टमा छापिएको यही कविताका माध्यामबाट कविताकै नव्वे बर्षे पात्रलाई सहयोग जुट्न पुग्यो । त्योपनि अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकै दिन ।
छोरी मीना सुनुवारको साथमा आएका वीरवहादुरले आफूलाई मायाँ दर्शाउने सवैप्रति कृतज्ञता प्रकट गरे ।
समाचार र लेखका माध्यामबाट आर्थिक संकलन हुने गरेको भएपनि कविताको माध्यामबाट कविताकै पात्रलाई आर्थिक संकलन भएको संभवत नेपालमा पहिलो घटना हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।