
आचार्य प्रभा
पर्देशबाटै आशीष दिन्छु, आउन सकिनँ भाइ
यो सालमा भाइटीका लाउन सकिनँ भाइ।
बाध्यताको कमारो भई बाँच्न परेकोले
माइतीको सामीप्य पाउन सकिनँ भाइ।
सात समुद्र पारि छु म, मन मात्र नजिक
तिहार सम्झी मनखुशीले धाउन सकिनँ भाइ।
माइती घरको आँगनमा फुले होलान् फूल
औँशीमा उज्यालो बनी छाउन सकिनँ भाइ।
देउसी, भैली आँगनमा रमाई नाँच्छन् पक्कै
भैली गीत माइत आई गाउन सकिनँ भाइ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
आचार्य प्रभा (अमेरिका)
२०८० बैशाख १७ १०:०१
३० जेष्ठ २०८३, शनिबार 








