सम्भोगको अर्थ
यौन तृप्ति मात्र होइन
जहाँ, दुई मुटुको मिलन हुन्छ
जब, दुई आँखाको तलाउमा
प्रेमको प्यास छट्पटाउँछ
अनि दुई मुहारको
आकर्षणमा दुई मुटु
ढुक्ढुकिन्छ, तब
अनायास यौवनाहरुको
चाहनाको स्पर्शले एकार्कालाई
आलिङ्गनमा बाँध्न हतासिन्छन् ।
हो………, सम्भोगको अर्थ धेरै होलान्
जो संसार चलाउन,
अनि सम्बन्धलाई मजबुत बनाउन
र……..,
एकार्काको साइनोको बन्धनमा
जकडाउन पनि,
र……, होलान्
जो, आफ्नो यौवानावेगलाई
बसमा राख्न नसकी यौन पिपाषुहरुले
सम्भोगलाई बलात्कारमा
परिभाषित गरेर
पशुत्व प्रदर्शन गर्नेहरुको
कृयाकलाप पनि।
तर……, साँचो अर्थमा सम्भोग
नारी, पुरुषको ऐक्यबद्धताको
कसी पनि हो
जस्ले,
नारीलाई पुरुषको र पुरुषलाई नारीको
आवश्यकताको माध्यम बनाएर
एक ढिक्कोमा अडाउन सफल बनेको छ
अनि…….,
मनमा मन र तनमा तन मिलाएर
एउटा छुट्टै नयाँ सृजना रच्न
बाध्य बनाएको छ
त्यसैले ………..,
कसरी भनौं सम्भोग अनर्थ हो ?
जस्लाई परिभाषित गर्न धकाउनु पर्छ
अनि……..,
जस्लाई आत्मसात गर्न शर्माउनु पर्छ !
अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










