सपना सजाउँनु पाप होइन
सजेको सपना भत्काउँनु पो
पाप हो त !
तिमी व्यर्थको सपना देख्छौ सायद
त्यसैले त क्षणभरको देखाइमा नै
गार्लाम्गुर्लुम हुन्छ त !
सपना आँखा र
बाहिरी दृष्टीले मात्र देख्नु हुन्न
अर्थात मस्त निन्द्रामा
डुबेर
निदाएको बेला देखिएको रङ्गिन सपनासँग नदाँज्नु
दिव्य दृष्टिले देख्ने सपनालाई
त्यो क्षणभङ्गुर देखिने अचेतन मथिङ्गलको
सपना जस्तो होइन
मन मस्तिष्कले देख्ने सपना त
उदेश्य हो लक्ष हो
जस्लाई पूरा गर्न तपस्या गर्नुपर्छ
त्यही सपना सार्थक पार्न
महेनतमा समाहित हुनुपर्छ
त्यसैले बुझ शाश्वत सपना निदाएर देखिन्न
तिमी त त्यस्तो सपनामा अलमल्ल छौ
जस्ले रणभुलमा पारीरहेको छ
तिमी यस्तै सपनामा भ्रमित छौ
अनि भन्छौ सजाएको सपना
भत्कियो गार्लाम्गुर्लुम्मै भनेर
होइन तिमी भ्रममा छौ
शाश्वत सपना र अर्धचेतन सपनासँग ।
रचना – श्रावण ३/ २०२२
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला