
नवीन प्राचीन
१.

नवीन प्राचीन
एक दिन
एउटा मान्छेले
आफ्ना आँखा
आफैँलाई हेर्न प्रयोग गर्यो
बुद्ध भयो ।
हामीले हाम्रा आँखा बुद्ध हेर्न प्रयोग गर्यौँ र फूल चढायौँ ।
२.
एकदिन एउटा मान्छेले
बाटो, सत्य र जीवन ‘म’ नै हुँ’ भन्यो ।
हामीले ‘म’ लाई ‘तिमी’ बनाइदियौँ र
वर्षमा एक दिन बिदा थप्यौँ ।
३.
‘म’ भित्रको बुद्ध
डिप्रेसनको ओखती खल्तीमा बोकेर
बुद्धजयन्तीको शुभकामना बाँड्छ ।
४.
समृद्ध नगर बनाउँदा
‘अप्प दिपो भवः’ लेखिएको
लेउले छोपिएको थोत्रो स्तूपको भित्तो
भर्खरै नगरपालिकाको डम्पिङ ट्रकमा अज्ञात यात्रामा हिँड्यो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१ माघ २०८२, बिहीबार 










