कवि नविन प्राचीनको दोस्रो कवितासंग्रह ‘प्वाँख’ को क्यानडा विमोचन सम्पन्न भएको छ । अगस्ट १३ मा विन्डसोर क्यानडास्थित क्यापिटोल थिएटरमा आयोजित बृहत् साङ्गीतिक एवं काव्य उत्सव ‘मिस्टिक एकोज – २’ मा प्वाँखको क्यानडा विमोचन गरिएको थियो ।
गैरआवासीय नेपाली सङ्घ क्यानडाका अध्यक्ष दीपक गौतम, वरिष्ठ गायक रविन शर्मा, कवि लीला निशा, समास फाउन्डेशनका अध्यक्ष लामिन तामाङ र कवि नवीन प्राचीनकी सहयात्री शान्ति चम्लागाइँलगायतले सामूहिक रूपमा प्वाँख सार्वजनिक गरेका थिए । ‘नेपालय’द्वारा प्रकाशित पुस्तकको एक महिनाअघि अमेरिका विमोचन गरिएको थियो ।
कार्यक्रममा ६ जना नेपालीभाषी कविहरू नदिश, उमेश आचार्य, लीला निशा, रुपेश ढुङ्गाना,आइती राई र नवीन प्राचीनले आ-आफ्ना कविता वाचन, वरिष्ठ गायक रविन शर्मा, मञ्जु लामा र इरिक गिरीले गीत, सुनिता अर्यालले नृत्य तथा २० बढी क्यानेडियन तथा नेपाली वाद्यवादकहरूले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रम समास फाउन्डेसनको आयोजनामा भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।