shankar

इन्दिरा छन्द
मनुज स्वार्थमा घात गर्दछन्
अहम साथमा रङ्ग फेर्दछन्
प्रकृति नाश भो बुद्धि घातक
कहर धेर भो सृष्टि बाधक।।१
अवनि अग्निमा नित्य जल्दछिन्
मनुज पापका कर्म गर्दछन्
सकल विश्वमा रुन्छ मानव
असुर भावमा डुल्छ मानव।।२
सुरभि सभ्यता धेर भो यहाँ
विजल भावना कष्ट साधना
जलप सोचमा सन्त भेषमा
अजर कामना राख्छ भावमा ।।३
समय सत्यमा छैन मानव
भ्रमर कल्पमा बाँच्छ मानव
अतुल चेतना ढाक्छ स्वार्थमा
परम लक्ष्यको छैन कर्ममा।।४
सरल शान्तिको मार्ग होस् यहाँ
विनय भावको चित्त होस् यहाँ
गरिब दीनको भाग्य लेखियोस्
हृदय माझमा प्रेम झल्कियोस्।।५
प्रगति अग्लिए सभ्य बन्दछन्
असल कर्मको मार्ग खुल्दछन्
अटुट शान्तिले प्राण भर्दछन्
मनुज सभ्यता चड्न पुग्दछन्।।६
डुवर्स, भारत।