मेरो सुगन्धले मात्तिएर
ती काँड़ाहरू
मलाई पर्खाल लाएर
घेर्न निस्किएका छन्
मेरो स्नेहले मात्तिएर
ती काँड़ाहरू
मलाई बाँड्Þन निस्किएका छन
तर म त स्वतन्त्र छु
ती वायु र नदीहरू झैँ
कस्तो बुझ्न नचाहेको
ती काड़ाहरूले
म नै उसको सृष्टि हुँ भनेर
म नै उसको बाककच्ने आधार हुँ भनेर ।