हातमा राके पुल्ठो बोकेर
त्यो अन्धकार रातहरूमा
विद्रोहको नारा गुञ्जाउँदै
नित्य जुलुस हिँड़ने गर्छन
त्यो भ्रष्टाचार नेता विद्ध
त्यो सरकार विरुद्ध
कहिले त त्यो
संविधान कै विरुद्ध
जातको आडमा
आफन्तको आडमा
झण्डाको आडमा
अड़ेसिएर
सुटुक्क छिर्नेहरूको विरुद्ध
नित्य नै यो जुलुसले
खलबली मचाइरहेका हुन्छन्
कानुन आफ्नो हात लिने विरुद्ध
गरिब जनता नचाउने विरुद्ध
झूटो आश्वासन विरुद्ध
छल र कपट विरुद्ध
प्रत्येक रात जुलुसमै बित्दछ
असन्तुष्टि र असन्तोकको जुलुस
भोक र प्यासको जुलुस
आफूभन्दा सानोलाई ज्यु ज्युको जुलुस
आफु सडÞिएर अरूलाई
बाटो छोडनुपर्ने जुलुस
धैर्य र प्रतिक्षाको जुलुस
यस्ता हजारौ जुलुस लिएर
म हिँडिरहेको हुन्छु
त्यो अन्धकार रातहरूमा
एउटा राको बोकेर
जसले मेरो मन र मस्तिष्कलाई
मेरो वर्तमान र भविष्यलाई
मेरो इच्छा आकांक्षाहरूलाई
डडाएर खाक पारिसकेको छ
तर पनि म त्यसलाई
निभ्न नदिई अझै प्रज्जवलित बनाएर
म कसैको खोजमा
नित्य हिँडिरहेको छु
त्यो अन्धकार सडकहरूमा ।