आकाशमा आकार भेट्टाउँछन्
पानीमा रङ देख्छन्
हावामा उमंग स्पर्श गर्दछन्
रुन्छन्
फकिन्छन्
तरंगित हुन्छन्
पुलकित हुन्छन्
र लड्बडिन्छन्
ज्वार उठेको सागरजस्तै
अदृश्य शक्तिसँग

अँध्यारो रातमा पनि
टिलपिलाएका स–साना तारासँग
रमाउँछन्
बटुलेर प्रेमिल खुसीहरू
पोल्टाभरि
निस्फिक्री निदाउँछन् स्वर्णिम सपनामा

अश्वमेघ यज्ञपछि छाडेका
स्वच्छन्द घोडाजस्तै
चारै दिशा दौडिन्छन्
उड्छन्

अकाशिन्छन्
लाग्छ‑ यो मन
मन मात्र होइन
हिलियम खाँदिएको बेलुन हो ।

(तिलोत्तमा, रुपन्देही)