अचेलघरि थुप्रो मिरजाफरहरू
हुटिट्याउँ कराए सरह
कराएको सुन्छु अखबारको पानाहरूमा
न्यूज च्यानलहरूमा
कोही जनजातीको माँग लिएर
कोही अलग राज्य गोर्खाल्याण्डलाई
भोट बटुल्ने यन्त्र बनाएर ।

त कोही हजाराँै हाम्रो छातीहरूमा
निर्मम गोलीको प्रहार गरेर
सिंहासान ओगट्न दौढिरहेछन्
बिट्रिश सरकारको गुलाम बनेर
आफ्नो मातृभूमी गिर्बी राख्न दुश्साहस गर्ने
त्यस्ता मिरजाफरहरू भने
मलाई पटक्कै चाहिएन
युद्धभूमीमा लाखौँ
सिपाहीहरूलाई
मृत्युको मुखमा छोड़ी
सुइकुच्चा ठोक्ने ती सम्राटहरू पनि
मलाई चाहिएन
मलाई त सुकदेव राजगुरू र भगतसिहं जस्ता
शुरवीरहरूको खाँचो छ
बिनय बादल र दिनेश जस्ता
वीर सपुतको खाँचो छ
चाहिएन मलाई ती पुच्छर लुकाई
जंगल पस्ने महाराजाहरू ।।

त्यसैले अचेलघरी म टोलाइरहन्छु
हिसाँ र अहिसाँमा फसेका
आफ्नो अस्तित्व र शूरवीरता भुलेका
गुलामी गर्न सक्षम बनेका
मातृभूमी बेच्न तत्पर रहेका
जनतालाई रित्तो बनाई खल्ती भर्ने
मेरो गोर्खे जाती देखेर ।

त्यसैले आऊ मित्र हो !
एउटा नयाँ इतिहास रच्न तयार हौ
फेरेर त्यस्ता कायरताका काँचुलीहरू
पहिलाई हिँडौ हाम्रो वीर पुर्खाको पद चिन्हहरू
लोभ र लालचलाई पर फ्याकी
गुलामीको जन्जीरलाई तोडिदिऊँ
एउटै डोरीको माला बनी
छेकीदिऊँ उन्मुक्तिका छालहरूलाई
तुहिन नदिउँ हाम्रो सन्तानको सपना
भविष्यको कालो गर्भमा
वर्तमानलाई अँगाली रचिदिऊँ हामी
रचिदिऊँ एउटा नयाँ इतिहास ।