हेर्दा हेर्दै रेल आयो, बिदाईको आँसु झार्यौ
वारिबाट म चढेँ, पारिबाट तिमी चढ्यौ
हेर्दा हेर्दै रेल आयो…
दुइटा मुटु दुई दिशा, धड्किरह्यो धड्किरह्यो
खै त धागो चुँडिएको ? तन्किरह्यो तन्किरह्यो
कुन धागो हो त्यस्तो कुन्नी, हामीलाई जोडिरह्यो
मन उहीँ छ मेरी ज्यान, बाटो मात्रै मोडिइरह्यो
मन उहीँ छ मेरी ज्यान, बाटो मात्रै मोडिइरह्यो
हेर्दा हेर्दै रेल आयो…
यो धर्तीमा रेलगाडी, हवाईजहाज कति होलान्
हामीलाई बोकी भोलि, कहाँदेखि कहाँ पुग्लान्
समयको एक बिन्दुमा, फेरि हाम्रो भेट हुनेछ
जहाँ भेट्छौँ मेरी ज्यान, त्यहीँ हाम्रो घर हुनेछ
जहाँ भेट्छौँ मेरी ज्यान, त्यहीँ हाम्रो घर हुनेछ
हेर्दा हेर्दै रेल आयो, बिदाईको आँसु झार्यौ
वारिबाट म चढेँ, पारिबाट तिमी चढ्यौ
हेर्दा हेर्दै रेल आयो…
बाम्राङ, खोटाङ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला