काश… केही पललाई नै सही
तिमी मेरी हुन्थ्यौ
माया त यति गहिरो पो हुँदो रै छ
चाल पाउँथ्यौ
गहिराईमा पौडेर थाक्नु
दुई पलमै यो जुनी अटाउनु
के रै छ याद राख्थ्यौ
काश… केही पललाई नै सही
तिमी मेरी हुन्थ्यौ
छुनु छुनु हैन
औंलाहरू गायब हुनु पो हो
थाहा पाउँथ्यौ
चुम्नु चुम्नु हैन
ओठहरू विलिन हुनु पो हो बुझ्थ्यौ
आँसु आँसु हैनन्
सपनाहरू हुन् महसुस गर्थ्यौ
साथ हुनु साथ हैन
बेपत्ता हुनु पो हो, अनुभव गर्थ्यौ
प्रेम भन्छन् सब, प्रेम हैन
पर्खाइ हो विश्वास गर्थ्यौ
र काश… तिमीले यो एउटा
यस्तो निर्णय गर्थ्यौ
केही पललाई नै सही
तिमी मेरी हुन्थ्यौ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला