सम्राटहरूलाई दिन मिलेन भोट
आशीष दिइयो
आशीषले ऊ बेस्सरी मात्तियो
नेताज्यूहरूलाई हुँदैन आशीषले
र, भोट दिइयो
भोटले ऊ बेफिक्री मात्तियो

काँल्दाइ,
हामी समस्या र दुःखले आत्तिएकाहरू
यी मात्तिएकाहरूबाट
सधैं सधैं नै आहत हुँदै
पेलिँदै र थिचिँदै
ज्ञानी जनता बन्दा रहेछौं ।