नाम तिम्रो जप्छु सानु सास मात्रै फेर्दा पनि
चित्र तिम्रै बनिदिन्छ त्यसै कापी केर्दा पनि
तिमीलाई एकोहोरो सम्झीसम्झी घाँस काट्दा
थाहा केही पाइनछु कान्छी औंला सेर्दा पनि
जता जान्छु उतै आउँछन् पछिपछि तिम्रै याद
धपाई हिंड्छु भाग्दैनन् टेर्दैनन् टेर्दा पनि
बार्दलीमा बसी अस्ति मुसुमुसु हाँसेँ अरे
घरभरी चारै किल्ला समस्याले घेर्दा पनि
थाहा अब केही पनि पाउँदिन कसो कुन्नि
मृत्यु आई अगाडि नै अँगालोमा बेर्दा पनि ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला