बरालिँदा बतासहरू बहकिए पातहरू
बिर्सिएका मुहारका फेरि आए यादहरू
बरालिँदा बतासहरू बहकिए पातहरू

काला सुन्दर आँखाबाट थोपा थोपा आँसु झार्दै
छाडी गएकी थियौ सखी चौतारीमा घाम छँदै
छाडी गएकी थियौ सखी चौतारीमा घाम छँदै

धेरै पर पुग्यौ तिमी बिलाई गयौ हेर्दाहेर्दै
खोला रोयो रोएँ साथी विरही त्यो भाकासँगै
खोला रोयो रोएँ साथी विरही त्यो भाकासँगै

बरालिँदा बतासहरू बहकिए पातहरू
बिर्सिएका मुहारका फेरि आए यादहरू