सात फन्को आगोको अनि तिमी उसको
विधि चुरा धागोको अनि तिमी उसको
मलाई थाहै थियो हिमाल अग्लिएर
अनि आकाश लत्रिएर मिलन हुँदैन दुवैको
न भूतो न भविष्यति, त्यस्तो प्रेम थियो मेरो खुबैको
एकै धर्सा सिन्दुरको अनि तिमी उसको
आँसु म मजबुरको अनि तिमी उसको
मलाई थाहै थियो लैजानेछ तिमीलाई
कसैले एक दिन घुम्टो ओढाएर
र बस्नेछु म छाति समाई रुँदै एक्लै टोलाएर
औंठी साहिँली औंलाको अनि तिमी उसको
भाग्य तिम्रै बेहुलाको अनि तिमी उसको
सात फन्को आगोको अनि तिमी उसको
विधि चुरा धागोको अनि तिमी उसको ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 









