कोट्याउँछु भेट्दिन
यसो घुमाएर
फेरि कोट्याउँछु भेट्दिन
कहाँ हराएछ यसको टुप्पो ?
मेरी ज्यान !
यो बूढेसकालमा
तिम्रो सम्झना
ठ्याक्कै यही पानी टेप जस्तो
मेरै अगाडि यहीँ छ थाहा छ
तर हेर न
मेरो वृद्ध मस्तिष्कले
फुकाउनै सक्दिनँ  ।