कवि सुरेश राईको कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’ पोर्चुगलको राजधानीमा एक कार्यक्रमका बीच लोकार्पण भएको छ ।कार्यक्रम लिज्बोन स्थित नेपाली चेन रेष्टुरेन्ट ग्रील एण्ड चिलको हेडक्वाटर आरोसमा सप्पन्न भएको हो ।
पुस्तकको लोकार्पण लिज्बोनमा रहेर व्यवसायमा सफलता हाँसिल गरिरहेका व्यवसायीहरू सुमेश श्रेष्ठ, विनोद श्रेष्ठ र गायक मेघ लामाले संयुक्त रुपमा गरेका थिए । रेष्टुरेन्ट सञ्चालक सुमेश श्रेष्ठले कवि राईका कविताहरू सरल र सबैले बुझ्ने खालको रहेको बताउँदै लेखन यात्राको लागि शुभकामना व्यक्त गरे ।
अर्का व्यवसायी दिनेश श्रेष्ठले कविको आमासम्बन्धी कविताहरू अत्यन्तै मर्मस्पर्शी रहेको र कृति सफल हुने विश्वास व्यक्त गरे । आफू गीत सङ्गीतको विद्यार्थी भएकाले कविता र सङ्गीतको अटूट सम्बन्ध हुने बताउँदै गायक मेघ लामाले कविको कविताको प्रशंसा गरे ।
कार्यक्रममा कवि/गीतकार निलम राईले सङ्ग्रहभित्रका तीन कविता वाचन गरेकी थिइन् । उनले साधारण बिम्बको प्रयोग गर्दै कवि राईले गहिरा गहिरा कुराहरू व्यक्त गरेको बताए । भिजनरी डिलाइट ईभी कम्पनीका प्रबन्धक रजनी घलेले कार्यक्रम सञ्चालन गर्दै सङ्ग्रहभित्रको टग अफ वार कविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा साहित्यानुरागीहरू विनोद लामा, रोहन लामा, सुजन कुँवर, यान्दी शेर्पा, उमा लामा, मेघना लामा, पदम श्रेष्ठ, मकर मगर, कुमार लामा, उषा घले, अर्पणा श्रेष्ठलगायतले उपस्थिति जनाएका थिए ।
पुस्तक साहित्यपोस्टको शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको हो । खोटाङका कवि राई हाल दक्षिण कोरियामा कार्यरत छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।